
Aug 04 2025 | २०८२, साउन १९ गते
काठमाडौं । नेकपा माओवादीका नेता शिवकुमार साह तेली पक्राउ परेका छन् । पर्साको सखुवा प्रसौनी गाँउपालिका-६ लखनपुर घर भएका तेली बैंकिङ कसूर मुद्दामा पक्राउ परेका हुन् ।
आफ्नो बैंक खातामा रकम नभएपनि तेलीले १० लाख र ६ लाखको गरी दुई वटा चेक दिएको र बैंकबाट ती दुई वटै चेक बाउन्स भएपछि पीडितहरूले उनीविरुद्ध जाहेरी दिएका थिए । क्रान्ति गुप्तासहितका दुई जना व्यक्तिले दिएको जाहेरीका आधारमा तेलीलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका तेलीलाई जिल्ला प्रहरी कार्यालय पर्साको थुनामा राखेर उनीविरुद्ध पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
२०७९ को निर्वाचनमा नेपाल सुशासान पार्टीका तर्फबाट पर्साको निर्वाचन क्षेत्र नम्बर ३ को (क) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका तेली चुनाव हारे लगत्तै नेकमा माओवादी केन्द्रमा प्रवेश गरेका थिए । त्यसअघि तेली जनता समाजवादी पार्टी नेपालमा थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij