
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । आईएमई मोटर्स अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स २०२५ मा इन्टरनेशनल अपरेसन क्याटेगोरीअन्तर्गत ‘वेस्ट सर्भिस प्रोभाइडर अवार्ड’बाट सम्मानित भएको छ ।
आईएमई मोटर्स र अशोक लेल्यान्डले सफल साझेदारीको एक दशक पूरा गरिरहँदा प्राप्त यो सम्मानले दुई बीचको सहकार्यमा थप ऊर्जा भरेको कम्पनीले जनाएको छ । उक्त अवार्डले साझा दृष्टिकोण, पारस्परिक विकास, र उत्कृष्ट सेवा प्रवाहप्रतिको निरन्तर प्रयासले भरिएको आईएमई मोटर्सको दश वर्षे यात्रालाई अझ विशेष बनाएको छ ।
ग्राहक सन्तुष्टि, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय स्तरको सेवा मापदण्डमा आईएमई मोटर्सले पुर्याएको उत्कृष्ट योगदानलाई सम्मान प्रदान गरिएको हो ।
आईएमई मोटर्सका सर्भिस प्रमुख मित्रकुमार श्रेष्ठले यो पुरस्कार हाम्रा प्रत्येक टेक्निसियन र सर्भिस टिम सदस्यहरूको निरन्तर समर्पणको प्रतिफल रहेको बताए । भविष्यमा पनि उत्कृष्ट सेवा प्रदान गर्न निरन्तर प्रतिबद्ध रहेको उनी बताउँछन् ।
आईएमई मोटर्सका कार्यकारी निर्देशक निशान ढकालले यो अवार्डबाट सम्मानित हुँदा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतामा थप टेवा पुगेको बताएका छन् ।
अशोक लेल्यान्ड नेपालका सर्भिस म्यानेजर अनुपकुमार स्वाईनले अशोक लेल्यान्ड सँगको साझेदारीको १० वर्षको सफल यात्रा मनाउँदै गर्दा प्राप्त यो सम्मानले सहकार्यको मजबुत र उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने साझा प्रतिबद्धतालाई झल्काएको बताए ।
अशोक लेल्यान्ड ग्लोबल कन्फ्रेन्स हरेक वर्ष आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलन हो, जसमा नवप्रवर्तन, सञ्चालन दक्षता, र समग्र योगदानको आधारमा विश्वभरका साझेदारहरूलाई सम्मान गरिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij