
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलाको एक लाख ९३ हजार ६ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको एक लाख ९३ हजार ६ सयमा नै कारोबार भएको थियो यस्तै, आज चाँदीको मूल्य भने सामान्य बढेको छ ।
महासङ्घका अनुसार आज चाँदी तोलाको ५ रुपैयाँले बढेर २२९५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २२९० मा कारोबार भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij