
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मोरङमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका-६ नमूना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विक रहेका छन् ।
उनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो । विकले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij