Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

प्रतिनिधिसभाको बैठक

कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’

  • काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् ।

    images
    images
    images

    उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन् । 

    images

    उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’

    सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खा ग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको लापरबाही र व्यवस्थापनको असफलताको प्रमाण भएको बताए ।

    ‘किन सुख्खा परेको छ भनेर हेर्दा, चन्द्र नहर, बम नहर छन्, तर पानी छैन’, सिंहले भने, ‘यो सबै व्यवस्थापकिय कमजोरी हो। सरकार आफैँले प्रकृतिले दिएको स्रोत बिगारेको छ ।’

    images

    उनले प्रधानमन्त्रीको सुख्खा क्षेत्रको भ्रमणलाई प्रचारमुखी भन्दै आलोचना गरे । ‘प्रधानमन्त्री सुख्खा क्षेत्रतिर जानुभएको छ, तर अहिले जनतालाई भ्रम होइन, राहत चाहिएको हो’, सिंहले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij