
Jul 26 2025 | २०८२, साउन १० गते
काठमाडौं । मन्त्रालयले खटाएर साथै जिम्मेवारी दिएर पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिरीमा बाधा नपुर्याउन मन्त्रालयले सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको छ ।
दरबन्दीअनुसार प्रमुख प्रशासकीय अधिकृत व्यवस्था नभएसम्मका लागि स्थानीय तहकै कर्मचारीमध्ये वरिष्ठतम कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिँदै आएको पनि मन्त्रालयको विज्ञप्तिमा स्मरण गराइएको छ ।
कतिपय पालिकाले मन्त्रालयबाट खटाइएका प्रशासकीय अधिकृतलाई हाजिर गराउन नमानेपछि मन्त्रालयले सहजरूपमा काम गर्ने वातावरणका लागि ध्यानाकर्षण गराएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij