Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक

आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक

  • काठमाडौं । प्रतिष्ठित औद्योगिक समूह ‘आईजे ग्रुप’का अध्यक्ष रविभक्त श्रेष्ठलाई मातृशोक परेको छ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का ऐतिहासिक अध्यक्षसमेत रहेका श्रेष्ठकी १०१ वर्षीया आमा जवाहर देवी श्रेष्ठको बुधबार साँझ बीएण्डबी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

    images
    images
    images

    हाल उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि सानेपास्थित निजी निवास ‘श्रीकुञ्ज’मा राखिएको छ भने भोलि शनिबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

    images

    अन्तिम संस्कारका लागि भोलि बिहान ९:३० बजे श्रीकुञ्जबाट प्रस्तान गरिने श्रेष्ठका पारिवारिक स्रोतले जानकारी दिएको छ । स्व. श्रेष्ठका दुई छोरा र पाँच छोरी छन् । जेठा छोरा देशबाहिर रहेकाले उनी आएपछि भोदि अन्त्येष्टि गर्न लागिएको हो । रविभक्त कान्छा छोरा हुन् ।

    स्व. श्रेष्ठका पति स्व. इन्द्रभक्त श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij