Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

पक्राउ

कैलालीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

कैलालीमा भरुवा बन्दुकसहित २ जना पक्राउ

  • काठमाडौँ । कैलालीमा भरुवा बन्दुक सहित २ जना पक्राउ परेका छन् ।

    images
    images
    images

    शुक्रवार इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले गोदावरी नगरपालिका ८ का राजु चौधरी र सोही ठाउँका चन्द्रबहादुर चौधरीको घर खानतलासी गर्दा २ थाना भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको हो ।

    images

    राजुको घरबाट बन्दुक सहित चित्तलको सिङ र खुट्टाको आधा भाग समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

    बन्दुक सहित पक्राउ परेका २ जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij