Logo

Jul 26 2025 | २०८२, साउन १० गते

Jul 26 2025 | २०८२, साउन १० गते

नेपाली नागरिकता त्याग्ने क्रम बढ्दै

नेपाली नागरिकता त्याग्ने क्रम बढ्दै

  • काठमाडौं । पछिल्लो समय पाल्पामा नेपाली नागरिकता त्याग्ने क्रम प्रत्येक वर्ष बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले आयोजना गरेको गत आर्थिक वर्ष २०८–०८२ को प्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो ।

    images
    images
    images

    सार्वजनिक गरिएको विवरण अनुसार पाल्पामा गत आर्थिक वर्षमा १७ जना पाल्पाली नागरिकले नागरिकता त्याग गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले जानकारी दिए ।

    images

    यस्तै १२ जना नागरिकले वैवाहिक अङ्गीकृत नागरिकता पाउन सफल भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए । पाल्पा प्रशासनले गत आवमा १४ हजार ९०३ जनालाई वंशजको आधारमा नागरिक वितरण गरेको जनाएको छ ।

    यस्तै वंशजको आधारमा नागरिकताको प्रतिलिपि पाँच हजार ३०६ वटा जारी गरेको हो । यसै गरी १७ वटा गैरआवासीय नागरिकताको प्रमाणपत्र जारी गरेको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij