
Jul 25 2025 | २०८२, साउन ९ गते
काठमाडौं । कुल सूचीकृत सेयर संख्याको बजार मूल्य (पूँजीकरण)का आधारमा सेयर बजारको ठूलो कम्पनी हो – विशाल बजार । बुधबारसम्म यस कम्पनीको सबै सेयरको कुल मूल्य २ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ । पूँजीकरण धेरै भएका कम्पनीले समग्र बजारलाई बढी प्रभाव पार्दछन् ।
विशाल बजारपछि दोस्रो ठूलो कम्पनीमा नेपाल पुनर्बीमा आएको छ । एक वर्षअघिसम्म पहिलो स्थानमा रहेको नेपाल टेलिकम अहिले तेस्रो स्थानमा छ । नेपाल पुनर्बीमाले पनि टेलिकमलाई जितेको छ ।
बुधबारसम्म यस बैंकको पूँजीकरण रकम १ खर्ब ४९ अर्ब रुपैयाँ छ । पाँचौंमा रहेको नागरिक लगानी कोषको १ खर्ब ३२ अर्ब रुपैयाँ छ । त्यसपछि बजारका ठूला कम्पनीमा क्रमशः हिमालयन रिइन्स्योरेन्स, ग्लोबल आईएमई बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एचआईडीसीएल हुन् ।
बुधबारसम्म हिमालयन रिइन्स्योरेन्सको पूँजीकरण १ खर्ब १७ अर्ब, ग्लोबल आईएमईको ९९ अर्ब ८९ करोड, एभरेष्ट बैंकको ९९ अर्ब, नेपाल इन्भेस्टमेन्ट मेगाको ८० अर्ब तथा एचआईडीसीएलको ७९ अर्ब रुपैयाँ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij