Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

विभिन्न माग राख्दै सरकार विरुद्धा जनमोर्चाको प्रदर्शन

विभिन्न माग राख्दै सरकार विरुद्धा जनमोर्चाको प्रदर्शन

  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजी, कोरोना संक्रमितको निशुल्क उपचार, भारतद्वारा नेपालको अतिक्रमित भूमि फिर्ता र एमसीसी खारेजीको माग गर्दै देशव्यापी प्रदर्शन गरेको छ । 
    सोमबार भएको उक्त प्रदर्शनप्रति विश्वमा रहेका नेपाली एकता समाजहरुले पनि ऐक्यबद्धता व्यक्त गरेको जनमोर्चाले दावी गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    जनमोर्चाले डोटी, कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, दैलेख, कालीकोट, दाङ, रोल्पा, प्यूठान, गुल्मी, बाँके, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, रुपन्देही, पाल्पा, परासी, नवलपुर, चितवन, पोखरा, बाग्लुङ, काठमाडौंमा विरोध कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमहरुमा मोटरसाइकल याली, जुलुस प्रशर्दन तथा सभाहरु सम्पन्न भएका थिए । 

    AGNI GROUP

    पार्टीका उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रदर्शनमा सहभागी पार्टीका नेता, कार्यकर्ता, विद्यार्थी, युवा, महिला, वकिल, किसान, मजदुर, कलाकार, पत्रकार, बुद्धिजीवी, दलित, जनजाति, तराइ मधेस संगठन र आम जनतालाई धन्यवाद व्यक्त गरेकी छन् । त्यस्तै उनले राष्ट्रियता, सार्वभौमिकता, अखण्डता र जनजीविकाको पक्षमा सचेत रहन र सबै कार्यक्रममा ऐक्यबद्ध हुन आम जनतामा अपील पनि गरेकी छन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट