Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । धितोपत्र बोर्डले उधारोमा सेयर किन्न रोक्ने भएको छ। बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको हो।
अहिले अनलाइन बाट कारोबार गर्दा खरिदकर्ताले कुल किन्ने सेयर मूल्यको २५ प्रतिशत रकम जम्मा गरेपछि खरिद आदेश दिनसक्छ।
भौतिक रूपमा वा फोनमार्फत कारोबार गर्नेले भने कुनै रकम जम्मा नगरी सेयर किन्ने आदेश दिनसक्छ।
कारोबारपछिको दुई दिनभित्र लगानीकर्ताले अनिवार्य रकम बुझाउँनै पर्ने व्यवस्था छ। तर, अहिले ब्रोकरसँग राम्रो सम्बन्ध भएका लगानीकर्ताहरूले तोकिएकै समयमा रकम भुक्तानी नगर्न पनि सक्छ।
यस्तोमा ब्रोकरले नै लगानीकर्ताको तर्फबाट रकम तिरिदिएको हुन्छ। किनभने रकम नदिई राफसाफ प्रक्रिया रोक्न मिल्दैन।
अब भने कारोबार गरिने बैंक खातामा रकम भए (लोड गरे) पछि मात्र कारोबार हुने व्यवस्था गर्ने धितोपत्र बोर्डले उल्लेख गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij