Logo

Jul 23 2025 | २०८२, साउन ७ गते

Jul 23 2025 | २०८२, साउन ७ गते

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज संसदमा विशेष सम्बोधन गर्ने

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा विशेष सम्बोधन गर्नुहुने भएको छ । सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताउनुभयो ।

    images
    images
    images

    सम्बोधनमा मुख्यगरी सरकारको एक वर्ष, उपलब्धि, भइरहेका काम, वर्तमान राजनीतिक परिस्थिति र तथा प्रतिपक्षी दलका नेताले गर्नुभएको सम्बोधनको जवाफलगायत विषय केन्द्रित हुनेछन् ।

    images

    प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुले सोध्ने प्रश्नको जवाफ दिनुहुने कार्यसूची पनि छ ।

    यस्तै, सभामुख देवराज घिमिरेले ‘राष्ट्रियसभामा उत्पति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नुहुनेछ ।

    त्यस्तै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij