
Jul 22 2025 | २०८२, साउन ६ गते
काठमाडौँ । २०८१ सालको मदन पुरस्कारका लागि छनोट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ ।मदन पुरस्कार गुठीले मंगलबार सात पुस्तकको सूची सार्वजनिक गरेको हो ।
सूचीमा छुदेन काविमोको 'उरमाल', रमेश भुसालको 'छालबाटो', कुमारी लामाको 'दर्ज्यु संलाप', मनप्रसाद सुब्बाको 'पञ्चतत्त्वको पालाम', श्रेयज सुवेदीको 'बहुरुपी', सुधीर शर्माको 'भिक्षु, व्यापार र विद्रोह' र तीर्थ गुरुङको 'हिउँको गीत' रहेका छन् ।
पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएको मदन पुरस्कार गुठीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij