Logo

Jul 22 2025 | २०८२, साउन ६ गते

Jul 22 2025 | २०८२, साउन ६ गते

कर्मचारीको सरुवा, काज मापदण्ड परिमार्जन गर्न मन्त्रीको निर्देशन

कर्मचारीको सरुवा, काज मापदण्ड परिमार्जन गर्न मन्त्रीको निर्देशन

  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीहरूको सरुवा, पदस्थापना, काज सरुवासम्बन्धी मापदण्डलाई समयानुकूल परिमार्जन गर्न र गुनासो सुनुवाइ संयन्त्र निर्माण गर्न मन्त्रालयका अधिकारीलाई निर्देशन दिएकी छन् ।

    images
    images
    images

    सचिव र सहसचिवहरूसँग मन्त्री न्यौपानेले कर्मचारीहरूको सरुवा, पदस्थापना तथा काज सरुवालाई निष्पक्ष, पारदर्शी तथा वस्तुगत बनाउनकोलागि यस अघि मन्त्रालयले तयार गरेको मापदण्डलाई समयानुकूल परिमार्जन गरी राय सुझाव पेश गर्न भनेकी छन् ।

    images

    उक्त मापदण्ड परिमार्जनपश्चात मात्र कर्मचारीहरूको सरुवासम्बन्धी काम हुने उनको भनाइ छ । कर्मचारी सरुवालाई पूर्वअनुमानयोग्य बनाउन पनि उनको निर्देशन छ ।

    आफ्नो सचिवालयअन्तर्गत रहने गरी राख्न लागिएको गुनासो सुनुवाइ संयन्त्रमा देशभरका कर्मचारीले गुनासा राख्न सक्ने व्यवस्था मिलाइने मन्त्रीको सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij