
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । कास्की कारागारमा रहेका कैदीबन्दीहरुले गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका छन् । कास्की कारागारको ‘क’ ब्लकमा अजय गुरुङ चौकीदार नियुक्त हुने निर्णय खारेजीको माग गर्दै कैदीबन्दीले गृहमन्त्रीलाई पत्र लेखेका हुन् ।
चौकीदार नियुक्त भएका अजय गुरुङले कैदीबन्दीहरुको हकहित तथा सुरक्षा गर्न नसक्ने, कार्यशैली निरङ्कुश तथा पक्षपातपूर्ण रहेको र चौकीदारको भूमिकामा रहँदा कैदीबन्दीहरुको आर्थिक शोषण गर्ने उनीहरूको आरोप छ ।
कैदीबन्दीको मनोभावना नबुझी ठुलो मात्रामा आर्थिक चलखेल गरी प्रजातान्त्रिक मान्यताको अवमूल्यन गरी आफ्नो चौकीदार आफै छनौट गर्न पाउने कैदीबन्दीको अधिकार हनन भएको पत्रमा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij