Logo

Jul 21 2025 | २०८२, साउन ५ गते

Jul 21 2025 | २०८२, साउन ५ गते

गैर आवासीय नेपाली संघ

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

अक्टोबरमा ‘एनआरएन लगानी सम्मेलन’ गरिने

  • काठमाडौं । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले अक्टोबरमा काठमाडौँमा एनआरएन लगानी सम्मेलन (एनआरएन इन्भेस्टमेन्ट समिट) आयोजना  गर्ने भएको छ ।

    images
    images
    images

    एनआरएन आइसिसीका अध्यक्ष महेश कुमार श्रेष्ठको अध्यक्षतामा हालै बसेको पाँचौँ बैठकले एनआरएन दिवसको अवसर पारेर काठमाडौँमा अक्टोबर ११ र १२, २०२५ (असोज २५–२६, २०८२) मा सम्मेलन गर्ने निर्णय गरेको आइसीसीका महासचिव बाबुराम (बीआर) लामाले जानकारी दिए ।

    images

    नेपाल सरकारका विभिन्न निकायहरू तथा निजी क्षेत्रका प्रमुख संस्थाहरूसँग  सहकार्य गरी उक्त सम्मेलन आयोजना गरिने संघले जनाएको छ ।

    सम्मेलनले नेपालको आर्थिक समृद्धिको लक्ष्यमा योगदान गर्नुका साथै गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानीको वातावरण बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने महासचिव लामाले बताए ।

    यसैगरी अक्टोबर ११ तारिखकै दिन म्याराथन पनि आयोजना गर्ने र त्यसका लागि उपाध्यक्ष मनोज श्रेष्ठलाई संयोजक तोक्ने निर्णय भएको छ ।

    images

    अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अध्यक्ष श्रेष्ठको अगस्टमा हुने युरोप भ्रमण पनि स्वीकृत गरेको छ । अगस्टमै युरोप स्तरीय क्षेत्रीय सम्मेलन आयोजना गर्ने निर्णय गरिएको र सम्मेलनको मिति तथा स्थान छिट्टै सार्वजनिक गरिने संघका प्रवक्ता गंगाधर गौतमले बताए ।

    यस्तै सेप्टेम्बरमा आइसीसीले विशेषा साधारण सभा गर्ने निर्णय पनि गरेको छ । युएईमा सेप्टेम्बर २१ मा साधरणासभा गरी विधानमा अहिले देखिएका वाधाहरू फुकाइने संघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij