Logo

Jul 20 2025 | २०८२, साउन ४ गते

Jul 20 2025 | २०८२, साउन ४ गते

भेटघाट

च्यासल पुगिन् विद्यादेवी भण्डारी, ओली आउन बाँकी

च्यासल पुगिन् विद्यादेवी भण्डारी, ओली आउन बाँकी

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले मुख्यालय च्यासल पुगेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली भने आउन बाँकी छ । दुईजनाबीच ३ बजे भेट तय भएकोमा प्रधानमन्त्रीको व्यस्तताले एक घण्टा सरेको छ ।

    images
    images
    images

    अहिले उनी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलसँग अनौपचारिक कुराकानीमा छिन् ।

    images

    भण्डारीको सदस्यताको विषय उठिरहँदा दुईजनाबीच हुन लागेको भेटलाई चासोका साथ हेरिएको छ ।

    एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको सदस्यता र जिम्मेवारीबारे संस्थागत निर्णयअघि अध्यक्ष ओलीले छलफल गर्ने तय भएअनुसार भेटघाट हुन लागेको बताएका छन् ।

    एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी विद्याको विषयले पछिल्लो समय पार्टी बैठकमा बहस चर्काएको छ । भण्डारीले सदस्यता नवीकरण गरेको बताएकी छन् । तर, पदाधिकारी बैठकमा उनको सदस्यता नवीकरण नभएको ओलीले खुलासा गरेका थिए ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij