Logo

Jul 16 2025 | २०८२, असार ३२ गते

Jul 16 2025 | २०८२, असार ३२ गते

घुस रकम सहित पक्राउ

एक लाख सहित रंगेहात पक्राउ परे मेयर

एक लाख सहित रंगेहात पक्राउ परे मेयर

कल्याणपुर स्थित पालिकाको कार्यालय बाटै नगरप्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

  • काठमाडौं । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह एकलाख रुपैयाँ घुस रकम सहित पक्राउ परेका छन्।

    images
    images
    images

    कल्याणपुर स्थित पालिकाको कार्यालय बाटै नगरप्रमुख साहलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो।

    images

    आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिएलगत्तै नगरप्रमुख साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले पक्राउ गरेको एक कर्मचारीले जानकारी दिए।

    अहिले अख्तियारको टोलीले नगर कार्यपालिकाको कार्यालयमै राखेर नगरप्रमुख साहलाई सोधपुछ गरिरहेको छ। कानूनी प्रक्रिया (मुचुल्का) तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि अख्तियारको कार्यालय बर्दिबास लगिने बुझिएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij