
Jul 14 2025 | २०८२, असार ३० गते
जनकपुर । सामाजिक संजाल टिकटक मार्फत सार्वजनिक रुपमा अश्लील शब्द र गाली गलौज गर्ने एक युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उप–महानगरपालिका–२४ की करिब २० वर्षीया रोशनी खातुन रहेकी छन् । सामाजिक सञ्जाल टिकटकमा निरन्तर अभद्र भाषा प्रयोग गरेको आरोपमा टिकटकर खातुन लाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार खातुनले टिकटकमा प्रयोग गरेको भाषा र व्यवहारले समाजमा नकारात्मक असर पारेको र सार्वजनिक नैतिकता र सामाजिक सद्भावमा खलल पुयाउने किसिमको रहेको छ ।
खातुन विरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ भने जिल्ला अदालतबाट म्याद थप गरी उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राखेर अनुसन्धान भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij