Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

आजको मौसम : देशभर वर्षाको सम्भावना

आजको मौसम : देशभर वर्षाको सम्भावना

  • काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना बढेको छ ।

    images
    images
    images

    आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विशेषगरी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    images

    महाशाखाका अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।

    यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    विशेषगरी मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि कायम रहनेछ ।

    images

    महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको भन्दै सचेत गराएको छ । सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सावधान रहन अनुरोध गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij