Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

  • काठमाडौं । गुल्मीको कालीगण्डकी गाउँपालिका–६ खड्गकोट बरल्वामा पहिरो खसेपछि कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ ।

    images
    images
    images

    कालीगण्डकी गाउँपालिकाका अध्यक्ष बेदबहादुर थापाका अनुसार गएरातिको अविरल वर्षाका कारण सडक माथिबाट ठूलो पहिरोसँगै ठूला–ठूला चट्टानहरू खसिरहेका छन् ।

    images

    अवरुद्ध सडक खुलाउनका लागि प्रहरी चौकी भुर्तुङ्बाट प्रहरी टोली पुगे पनि तत्कालै पहिरो पन्छाउन भने सम्भव नदेखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गंगाबहादुर सारुले जानकारी दिनुभएको छ ।

    कालीगण्डकी करिडोर सडक अन्तर्गत गुल्मी हुँदै बाग्लुङ जाने यो सडक अवरुद्ध भएपछि त्यस क्षेत्रबाट लामो तथा छोटो दूरीका गाडी चल्न सकेका छैनन् ।

    जिल्ला प्रशासन कार्यालय गुल्मीले बर्खाको समयमा बाढी र पहिरो जान सक्ने भन्दै पहिरोग्रस्त र खोला तटीय क्षेत्रका बासिन्दाहरू लाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij