Logo

Jul 12 2025 | २०८२, असार २८ गते

Jul 12 2025 | २०८२, असार २८ गते

भ्रमण

इटाली भ्रमण सकेर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

इटाली भ्रमण सकेर स्वदेश फर्किइन् परराष्ट्रमन्त्री राणा

  • काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा स्वदेश फर्किएकी छिन् ।

    images
    images
    images

    इटालीको रोममा आयोजित खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ अधिवेशन एवं सोही क्रममा आयोजित उच्चस्तरीय मन्त्रीस्तरीय कन्फ्रेन्समा सहभागी भएर शुक्रबार स्वदेश फर्किएकी हुन् । २८ जुनदेखि ४ जुलाई सम्म आयोजित एफएओ कन्फ्रेन्सको प्रमुख सत्रका साथै यसका दौरानमा आयोजित अन्य उच्चस्तरीय बैठक तथा कार्यक्रमहरूलाई पनि मन्त्री राणाले सम्बोधन गरेकी थिइन् ।

    images

    इटालीपछि जर्मनीको भ्रमणमा निस्किएकी मन्त्री डा.राणाले जर्मनीका विदेशमन्त्री डा. जोहान डेविड वेडफुलसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । गत मंगलबार बर्लिनमा भएको भेटवार्तामा नेपाल र जर्मनी बीचको द्विपक्षीय व्यापार थप प्रवर्धनका लागि दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन र प्रवर्धन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखाना लगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन् ।

    उनले नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि प्रस्ताव गर्नुका साथै नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरूबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताएकी थिइन् । मन्त्री डा.राणाले इयु र आइकाओको मापदण्ड बमोजिम नै नेपालले कानुन निर्माण सुरु गरिसकेकाले नेपाली एयर लाइन्स माथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि इयुको एक प्रभावशाली सदस्य राष्ट्र जर्मनी सँग अनुरोध पनि गरेकी थिइन् ।

    मन्त्री राणा इटाली र जर्मनीमा लगानी बोर्ड नेपाल द्वारा नेपालमा लगानी प्रवर्द्धनका  लागि आयोजित कार्यक्रममा पनि सहभागी भएकी थिइन् । उनलाई शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राई सहित उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij