Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

हवाई उडान

ताप्लेजुङमा ३ सातापछि हवाई उडान

ताप्लेजुङमा ३ सातापछि हवाई उडान

  • काठमाडौं । ताप्लेजुङमा तीन सातापछि हवाई उडान भएको छ । खराब मौसमका कारण गएको जेठ ३० गतेदेखि ताप्लेजुङमा उडान ठप्प थियो ।

    images
    images
    images

    नेपाल एयरलाइन्सको जहाजले आज काठमाडौंबाट चार यात्रु बोकेर आएको थियो भने ताप्लेजुङबाट सोही विमानमा पाँच यात्रु काठमाडौं प्रस्थान गरेका छन् ।

    images

    मौसमकै कारण असारयता ६ वटा उडान प्रभावित भएका नेपाल वायु सेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज नारायण कुमार कार्कीले जानकारी दिए । बर्खायाम शुरू भएसँगै प्रतिकूल मौसमका कारण उडान प्रभावित हुँदै आएका उनले बताए ।

    हाल साताको सोमबार र शुक्रबार दुई दिन काठमाडौं–ताप्लेजुङ–काठमाडौंका लागि हवाई उडानको तालिका रहेको छ ।

    ताप्लेजुङबाट काठमाडौं सम्म प्रति व्यक्ति रु नौ हजार २०० भाडा दर कायम गरिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij