Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

नवनियुक्त कर्मचारीहरूलाई मेरोमाइक्रोफाइनान्सले दियो तालिम

नवनियुक्त कर्मचारीहरूलाई मेरोमाइक्रोफाइनान्सले दियो तालिम

  • काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा सञ्चालित लिखित परीक्षा तथा अन्तर्वार्ताबाट विभिन्न प्रदेशका लागि प्रदेशगत रूपमा छनोट भएका नवनियुक्त कनिष्ठ सहायक ३६ जना कर्मचारीहरूलाई तीनदिने पूर्वसेवाकालीन तालिम प्रदान गरिएको छ ।

    images
    images
    images

    कर्मचारीहरूलाई संस्थासम्बन्धी कामहरू, नीति नियमको बारेमा जनकारी गराउने उदेश्यले तालिम दिइएको संस्थाले जनाएको छ ।

    images

    तालिम समापन समारोहलाई सम्बोधन गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले यस तालिमले लघुवित्तको कामप्रतिको ज्ञान बढाउनाका साथै काम गर्ने दौरानमा कामप्रति सकारात्मकता र सेवाभाव झल्कने बताए । त्यस्तै, जनताको असल सेवक बनेर बजारमा खरो रूपमा उत्रनपर्नेमा उनले जोड दिए ।

    कार्यक्रममा संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाल, वरिष्ठ प्रबन्धक राजुप्रसाद पुडासैनी, जनशक्ति तथा प्रशासन विभागका प्रमुख शेरबहादुर गुरुङ, रामकुमार सुवेदी तथा केन्द्रीय कार्यालयका कर्मचारीहरूको सहभागिता थियो ।

    तालिम संस्थाका तालिम विभागका प्रमुख उमेशमान डङ्गोलले सहजीकरण गरेका थिए ।

    images

    मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभर १४९ शाखा कार्यालयहरू, २४ अनुगमन कार्यालयहरूमार्फत लघुवित्त सेवा प्रदान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij