Logo

Jul 03 2025 | २०८२, असार १९ गते

Jul 03 2025 | २०८२, असार १९ गते

रामकुमारी झाँक्रीलाई पार्टीले सोध्यो स्पष्टीकरण

रामकुमारी झाँक्रीलाई पार्टीले सोध्यो स्पष्टीकरण

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीकी नेतृ तथा स्थायी समिति सदस्य रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ ।

    images
    images
    images

    नेतृ झाक्रीले गत शनिबार रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको अभिय्व्यक्ति बारे स्पष्टीकरण सोधेको हो ।

    images

    नेपालविरुद्ध अभिव्यक्ति दिएपछि एकीकृत समाजवादीको  अनुशासन आयोगले झाँक्रीलाई तीन दिनमा जवाफ दिन स्पष्टीकरण सोधेको छ ।

    पतञ्जली जग्गा प्रकरणमा विशेष अदालत काठमाडौँबाट ३५ लाख धरौटीमा रिहा भएका नेपाल बारे झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् ।

    त्यसपछि उनको पार्टीभित्र विरोध भएको थियो। पार्टीले नेतृत्वमाथि जथाभावी नबोल्न आग्रह पनि गरेको थियो । अहिले आएर पार्टी झाँक्रीलाई स्पष्टीकरणसमेत सोधेको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij