
Apr 07 2025 | २०८१, चैत २५ गते
संयुक्त अरब इमिरेट्स (युएई)ले अब विदेशी नागरिकहरुलाई पनि नागरिकता दिने भएको छ। कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको भारी गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि त्यहाँको सरकारले यस्तो घोषणा गरेको हो।
तर यसको लागि केहि विशेष शर्तहरु तोकिएको छ । ठूला लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका विशिष्ट र प्रख्यात व्यक्तिहरुलाई मात्र युएईले नागरिकता दिने छ । यस्ता व्यक्ति र उनका परिवारका सदस्यहरुले दोहोरो नागरिकता समेत राख्न सक्ने जनाइएको छ ।
यो नयाँ व्यवस्थाबाट खास क्षेत्रका विशेषज्ञ विदेशी नागरिकहरु लाभान्वित हुनेछन्। युएईको नागरिकता पाउन अलग्गै आवेदन दिनुपर्दैन। युएईको शाही परिवार र सरकारी अधिकारीहरुले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामावली तयार पार्नेछन् । एजेन्सी ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij