
Jun 17 2025 | २०८२, असार ३ गते
काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख घिमिरे र गृहमन्त्री लेखकबिच छलफल भएको हो ।
संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निरन्तर गृहमन्त्रीको राजीनामा माग गर्दै विरोध जनाउँदै आइरहेको छ । रास्वपाले निरन्तर गृहमन्त्रीको राजीनामा मागेर संसदमा अवरोध गरेपछि सभामुखले गृहमन्त्रीसँग छलफल गरेका हुन् ।
आजको छलफलमा यसअघि सत्तारुढ र विपक्षी दलहरुबिच भएको २ बुँदे सहमति कार्यान्वयनको विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
त्यसपछि सभामुख घिमिरे संघीय संसद भवनस्थित आफ्नो कार्यकक्षमा विपक्षी दल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij