Logo

Jun 16 2025 | २०८२, असार २ गते

Jun 16 2025 | २०८२, असार २ गते

विरोधकाबीच प्रतिनिधिसभा बैठक शुरु

विरोधकाबीच प्रतिनिधिसभा बैठक शुरु

  • काठमाडौं । रास्वपाकाे विरोधकाबीच प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो ।

    images
    images
    images

    आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

    images

    आजै अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ ।

    त्यस्तै, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी उ(पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेसमेत कार्यसूची रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij