Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

कर्णालीमा पेस हुन सकेन बजेट

कर्णालीमा पेस हुन सकेन बजेट

  • काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न अन्तिम तयारी गरिरहँदा एकाएक राजनीतिक अवरोध सिर्जना भएको छ ।

    onlinepatrika
    Arghakhachi

    बजेट प्रस्तुतिका लागि अर्थमन्त्री राजीवविक्रम शाह ब्रिफकेस बोकेर प्रदेशसभा भवन पुगे पनि बैठक सुरु हुन सकेन ।

    AGNI GROUP

    प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेपछि संसद्‌को कार्यसूची अनिश्चित बनेको हो ।

    माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले ‘आयोजना बैंक’को नाममा सरकारले अपारदर्शी बजेट निर्माण गरेको आरोप लगाए ।

    सांसद जिसीले सरकारले मन्त्रालय र जिल्लाबाट सिफारिस भएका योजना बेवास्ता गरी आफ्ना रुचिका योजनामात्र अघि सारेको पनि आरोप लगाए ।

    बैठक बस्न केही समय लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट