
Jun 16 2025 | २०८२, असार २ गते
काठमाडौं । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्न अन्तिम तयारी गरिरहँदा एकाएक राजनीतिक अवरोध सिर्जना भएको छ ।
बजेट प्रस्तुतिका लागि अर्थमन्त्री राजीवविक्रम शाह ब्रिफकेस बोकेर प्रदेशसभा भवन पुगे पनि बैठक सुरु हुन सकेन ।
प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रक्रिया र पारदर्शितामाथि प्रश्न उठाउँदै बैठक बहिष्कार गरेपछि संसद्को कार्यसूची अनिश्चित बनेको हो ।
माओवादी संसदीय दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीले ‘आयोजना बैंक’को नाममा सरकारले अपारदर्शी बजेट निर्माण गरेको आरोप लगाए ।
सांसद जिसीले सरकारले मन्त्रालय र जिल्लाबाट सिफारिस भएका योजना बेवास्ता गरी आफ्ना रुचिका योजनामात्र अघि सारेको पनि आरोप लगाए ।
बैठक बस्न केही समय लाग्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij