Logo

Jun 11 2025 | २०८२, जेठ २८ गते

Jun 11 2025 | २०८२, जेठ २८ गते

वैदेशिक राजगारीमा ११ करोड ठगी, दुई जना पक्राउ

वैदेशिक राजगारीमा ११ करोड ठगी, दुई जना पक्राउ

  • काठमाडौं । बेलायत पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग ११ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    images
    images
    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा ४४ वर्षीय लक्ष्मण पराजुली र ४७ वर्षिय अरुणराज शर्मा पक्राउ परेका हुन् ।

    images

    पराजुली मोरङको रतुवामाई-१० घर भइ काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्तै आएका थिए । त्यस्तै शर्मा धनुषाको सबैला नगरपालिका-१२ घर भइ हाल काठमाडौं महानगरपालिका-३२ नरेँफाँट बस्दै आएका थिए ।

    एसपी आचार्यका अनुसार हालसम्म उनीहरूले ३८ जना पीडितहरूलाई यूके पठाइदिन्छु भन्दै त्यति ठूलो रकम ठगी गरेका हुन् । वैदेशिक रोजगार विभाग ताहाचलको आग्रहमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको र विभागमा पठाइसकेको उनले बताए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij