Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अवैध सामान

मूर्तिसहित साढे ३० लाख अवैध सामान बरामद

मूर्तिसहित साढे ३० लाख अवैध सामान बरामद

  • काठमाडौं । प्रहरीले मूर्ति सहित साढे ३० लाख बराबरको अवैध सामान बरामद गरेको छ।

    onlinepatrika
    Arghakhachi

    नवलपरासीको बर्दघाटतर्फ लैजान राखिएको अवस्थामा उक्त सामान बर्दघाट नगरपालिका–६ बेतहानीबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।  

    AGNI GROUP

    बरामद सामानमा सबैभन्दा बढी मोबाइलमा प्रयोग हुने सामान छन् । जसमा १५ लाख बराबरको मोबाइल ग्लास,८ लाख बराबरको एयर फोन र ६ लाख बराबरको मोबाइलको एयर पोड्स र कभर रहेका छन् । त्यसैगरी एक लाख ६३ हजार बराबरका ३७५ थान पित्तलका मूर्ति रहेका छन् ।

    विभिन्न भगवानको प्रतिक रहेको उक्त मूर्ति पसलहरूमा बिक्रीका लागि लैजान लागिएको बताइएको छ । उक्त सामानलाई प्रहरीले बेबारिसे देखाउँदै सडक किनारमा प्लाष्टिकमा राखेको अवस्थामा बरामद भएको जनाएको छ । 
    बरामद भएका सबै सामानलाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij