Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

निर्वाध रुपमा चल्न थाले सार्वजनिक यातायात

निर्वाध रुपमा चल्न थाले सार्वजनिक यातायात

  • काठमाडौं । यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै देशभरका सार्वजनिक यातायात पुनः सञ्चालनमा आएका छन् ।

    images
    images
    images

    जेठ १९ गतेदेखि राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीले देशभर सार्वजनिक यातायात ठप्प पारेका थिए । तर सरकारसँगको सहमतिपछि आन्दोलन फिर्ता लिँदै यातायात सेवा सुचारु भएको हो ।

    images

    मंगलबार यातायात व्यवसायी महासंघ र सरकारबीच भएको सहमतिलाई गण्डकी प्रदेशले समर्थन गरेपछि सार्वजनिक यातायात चल्न थालेका हुन् ।

    गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरिसकेको छ । यससँगै काठमाडौं उपत्यका र बाहिरका छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा आएका छन् ।

    नयाँ बसपार्कलगायतका स्थानमा यात्रुको चहलपहल बढेको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij