काठमाडौं । काठमाडौं भीमसेनगोलामा एक पुरुष मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका ३१ भीमसेनागोलास्थित भत्केको पुलमुनी अन्दाजी ४९ वर्षका पुरुषको शव फेला परेको हो ।
प्रहरीका अनुसार मृतकको सनाखत हुन सकेको छैन । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।