
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडा हुँदै ललितपुर जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ ४ दिन बन्द रहने भएको छ ।
कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा (बागमती) नदीमा बेलिब्रिज जडान गर्नुपर्ने भएकाले सडकमा यातायात आवागमन चार दिनसम्म रोक लगाइएको छ । जेठ २१ गते बुधबारबाट जेठ २४ गतेसम्म यातायात सञ्चालन नहुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।
२०८१ असोज १२ गतेको बाढीले उक्त पुलकाे मकवानपुरको भिमफेदी ८ तर्फको एउटा स्पान बगाएको थियो। स्पान बगाएपछि डाइभर्सन निर्माण गरी सवारी साधन सञ्चालन भइरहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij