
Jun 05 2025 | २०८२, जेठ २२ गते
काठमाडौं । विभिन्न मागहरु राखेर यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गराउँदा यात्रुहरु मारमा परेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार राति अबेर सहमति भयो । तर आफूहरुको माग पूर्ण रुपमा कार्यान्वयन नभएसम्म आन्दोलन फिर्ता नलिने व्यवसायीहरुको अडान रहेको छ ।
गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका फिर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् जानकारी गराउने निर्णय भएसँगै व्यवसायीहरु सहमत भएका हुन् ।
सरकार र व्यवसायीहरुबिच ६ बुँदे सहमति भए पनि आन्दोलनका कार्यक्रम भने फिर्ता भएको छैन । व्यवसायीहरुले राइड सेयरिङसम्बन्धी निर्देशिका फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नलिने घोषणा गरेका छन् ।
केही दिनदेखि काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात प्रभावित बनेको छ । जसका कारण हजारौँ लाखौँ यात्रुहरु मारमा परेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij