
Jun 04 2025 | २०८२, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार सुन तोलाको १ लाख ८८ हजार ८०० मा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij