
Jun 03 2025 | २०८२, जेठ २० गते
काठमाडौं । काठमाडौं -२६, पवित्रनगरस्थित होटल रम्भा देवी गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको म्हैपी बस्ने नुवाकोट लिखु गाउँपालिका-३ घर भएका ३७ वर्षीय राजु थापासहित अन्य रहेका छन् ।
प्रहरी प्रभाग गोंगबु र प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार साँझ उनीहरूलाई ७५ हजार रुपैयाँ नगद र ३ बुक ताससहित रंगेहात पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij