
Jun 01 2025 | २०८२, जेठ १८ गते
काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेकाे छ । आज छापावाल सुन तोलामा ७०० सय रुपैयाँले बढेकाेको हो ।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आज चाँदीको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँ कारोबार भएको चाँदी आज एक हजार नौ सय ८० कायम भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij