
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाडौं । राजावादी शक्तिहरुले वर्तमान व्यवस्थाको विरुद्धमा विरोध प्रदर्शन गर्दैछन् । दिउँसो २ बजे रत्नपार्कस्थित शान्तिबाटिकामा राजतन्त्र र हिन्दूराज्यको मागसहित विरोध प्रदर्शन गर्न लागेका हुन् ।
‘अवस्था बदल्न, व्यवस्था बदलौँ’ भन्ने मुल नाराका साथ राजावादी दलहरु राप्रपा, राप्रपा नेपाल लगायतका शक्तिहरुले प्रदर्शन गर्न लागेका हुन् ।
पञ्चायतकालीन नेता नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले प्रदर्शन गर्न लागेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २ बजेका लागि विरोध प्रदर्शनको अनुमति पाएका राजावादी शक्तिहरुले गणतन्त्रको विरुद्धमा कालो छाता लिएर सडकमा निस्कन लागेका हुन् ।
त्यसो त आजै नेकपा एमालेले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्दैछ । बिहान १० बजेबाटै काठमाडौंको भृकुटीमण्डपमा गणतान्त्रिक व्यवस्थाको पक्षमा प्रदर्शन गर्न लागेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij