
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मंगलबार बेलुका भएको आगलागीबाट पीडित गोठीगाउँका बासिन्दाका कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी राहत सामग्री लिएर जुम्लाको गोठीगाउँ गएका छन्।
आगलागी पीडितहरुका लागि ९ क्वीन्टल चामल, १५० किलो दाल, ८९ थान न्यानो कम्बल, ७ रोल पीफर्म, दुई बोरा नुन, ७ पेटी तेल, २० किलो खुर्सानी, २८ सेट भाँडाकुँडा लिएर मन्त्र भण्डारीको टोली गोठीगाउँ गएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij