
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरीले बुधबार राति आफूले विष खाएर २ छोरीलाई समेत विष खुवाएको प्रहरीले जनाएको छ। २ छोरीलाई विष खुवाएर आफूले पनि खाएकी आमासहित ३ जनाको मृत्यु भएको छ। उपचारका क्रममा तिनै जनाको बिहीबार बिहान अस्पतालमा मृत्यु भएको डिएसपी लामाले जानकारी दिए।
मृतक चौधरीका श्रीमान जितेन्द्र रोजगारीका लागि विदेशमा छन्। चौधरीका सन्तानमा २ छोरी मात्र रहेको प्रहरीले जनाएको छ। घरमा ३ जना मात्र बस्दै आएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij