
May 15 2025 | २०८२, जेठ १ गते
काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक ७ दशमलव ३७ अङ्कले घटेर २६१२ दशमलव ८९ को विन्दुमा पुगेको छ ।
बिहीबार ३२० कम्पनीका ७८ हजार ४९३ पटकको कारोबारमा एक करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँ रहेको छ ।
८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये तीन वटामा हरियाली छाउँदा बाँकी राताम्मे छन् । आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij