
May 12 2025 | २०८२, वैशाख २९ गते
पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन् ।
काठमाडौं । प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस समुदायले उभौली पर्व मनाउँछन् ।
किराँत समुदायले मनाउने उभौली र उधौली पर्व कृषि उन्मुख पर्वहरू हुन् । जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने पर्वका रूपमा मनाइन्छ ।
उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij