Logo

May 08 2025 | २०८२, वैशाख २५ गते

May 08 2025 | २०८२, वैशाख २५ गते

राष्ट्रिय फुटबल टिम

मुख्य प्रशिक्षकमा दोहरिए तामाङ

मुख्य प्रशिक्षकमा दोहरिए तामाङ

एन्फाका महासचिव किरण राईले तामाङलाई कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

  • काठमाडौं । थाइल्याण्ड विरुद्धको मैत्रीपूर्ण खेल तथा एएफसी महिला एसियन कप अस्ट्रेलिया २०२६ छनोट खेलका लागि राजेन्द्र तामाङ पुनः महिला राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

    images
    images
    images

    बिहीबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईले तामाङलाई कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

    सहायक प्रशिक्षकमा भगवती थापा र गोलकिपिङ प्रशिक्षक सुरजकुमार लामा पनि यथावत् रहनेछन् ।
    ब्रिन्दा देवकोटा टिम म्यानेजरका रूपमा यथावत् छिन् भने लक्ष्मी भट्टराई टिमको फिजियोथेरेपिस्टको रूपमा नियुक्त भएकी छन् ।

    चारै जना प्राविधिक सदस्यले महासचिव राईबाट नियुक्तिपत्र प्राप्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij