
May 08 2025 | २०८२, वैशाख २५ गते
काठमाडौं । भारतले गरेको सैन्य आक्रमणमा २६ जनाको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ ।
पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेशन्स (आईएसपीआर) का महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले यसबारे जानकारी दिएका हुन् ।
पाकिस्तानी अखबार डनका अनुसार आक्रमणमा ४६ जना घाइते भएका छन् । आक्रमणबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको चौधरीले बताए ।
साथै, भारतले नीलम-झेलम जलविद्युत् परियोजनाको नौसेरी बाँध संरचनालाई निशाना बनाएको उनको भनाइ छ ।
यता, एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) का अनुसार इस्लामाबादका प्रहरी महानिरीक्षक (आईजीपी) सैयद अली नासिर रिजवीले वर्तमान राष्ट्रिय परिस्थिति लाई ध्यानमा राख्दै सम्पूर्ण प्रहरी बललाई उच्च सतर्कतामा रहन निर्देशन दिएका छन् ।
अप्रिल २२ मा कश्मीर स्थित पहलगाममा भएको आक्रमण पछि भारतले जवाफी कारबाही गरेको हो । सो आक्रमणमा एक नेपाली सहित २८ पर्यटकको मृत्यु भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij