Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन

मिश्रलाई रिहा गर्न मागसहित रिले अनशन

  • काठमाडौं । राप्रपाका नेता रवीन्द्र मिश्रलगायत सबैको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले पाँचौँ दिन पनि रिले अनशन जारी राखेका छन् ।  

    images
    images
    images

    चैत्र १५ गते काठमाडौंमा भएको घटनाका आधारमा आफ्ना नेताहरूमाथि लगाइएको झुटा मुद्दा खारेज गर्दै मिश्र लगायत सबैको रिहाइको माग गर्दै उनीहरूले ललितपुरको जावलाखेलमा रिले अनशनलाई जारी राखेका हुन् ।

    images

     उनीहरूले झुटा मुद्दा खारेज गर, राष्ट्रवादीहरूलाई रिहा गर, विधिको सुशासन कायम गर, नागरिक स्वतन्त्रता हक कायम गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

    रिले अनशनको पाँचौँ दिन राप्रपाका केन्द्रीय सदस्य उदयराज पोखरेल लगायतका नेताहरू सहभागी भएका छन् । पोखरेलले चैत्र १५ गतेको घटनामा झुटा मुद्दा लगाएर पक्राउ परेकाहरूलाई छिटो भन्दा छिटो रिहा गर्नुपर्ने बताए ।

    उनले आफूहरूको आन्दोलन नरोकिने भन्दै आफ्ना माग मुद्दा स्थापित भएरै छाड्ने उल्लेख गरे । मिश्र लगायतका नेताहरू चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।   

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij