
May 06 2025 | २०८२, वैशाख २३ गते
काठमाडौं । काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीमा चोरी भएको छ । मनाङ गल्ली डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ४९ वर्षीया निमा शेर्पाको कोठाबाट नगद र सुनको सिक्री गरी करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल आइतबार साँझ चोरी भएको हो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij