Logo

May 04 2025 | २०८२, वैशाख २१ गते

May 04 2025 | २०८२, वैशाख २१ गते

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न

  • काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अभिकर्ता रिफ्रेसमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले  सौराहमा आयोजना गरेको तीनदिने डिलाइटफूल रिफ्रेसमेन्ट कार्यक्रम बैशाख १८, १९ र २० गते  सम्पन्न गरेको  हो ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रममा देशभरबाट आएका ३०० भन्दा बढी अभिकर्ताहरूको उपस्थिति रहेको थियो ।

    चितवन राष्ट्रिय निकुञ्जको रोमाञ्चक जंगल सफारी, सांगीतिक साँझ तथा विविध मनोरञ्जनात्मक गतिविधिहरूले कार्यक्रमलाई अझ उत्साहजनक बनाएको थियो ।

    कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडर तथा कलाकार मनोज गजुरेलको प्रस्तुति रह्यो । त्यसैगरी, गायक सुगम पोखरेल र ‘द बाजागाज’ टिमको लाइभ सांगीतिक प्रस्तुतीरहेको थियो ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ताहरूलाई प्रेरणा, सम्मान र रिफ्रेसमेन्ट प्रदान गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij