Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

परोपकार पुलमुनी एक व्यक्तिको हत्या, ओरोपी पक्राउ

परोपकार पुलमुनी एक व्यक्तिको हत्या, ओरोपी पक्राउ

  • काठमाडौं । काठमाडौंको परोपकारको पुलमुनि एक पुरुषको हत्या भएको छ । हत्या गरेको आरोपमा प्रहरीले सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी -७ घर भइ हाल डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको छ।

    images
    images
    images

    श्रेष्ठले काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-१०, स्थायी घर भएका ४२ वर्षीय माईला भन्ने बिक्रम तामाङको हत्या गरेका हुन् । तामाङ मंगलबार परोपकार पुलमुनी मध्यान्न साढे ११ बजे धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका थिए ।

    उनलाई तत्काल उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उनको सोही दिन साढे १२ बजे उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्ने क्रममा श्रेष्ठले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको खुलेको हो ।

    प्रहरीले श्रेष्ठको साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल १ थान, घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता र कपडाको माक्स १ थान बरामद गरेको थियो ।

    उनलाई बुधबारडल्लुबाट पक्राउ गरी ज्यान सम्बन्धि कसूरमा आबश्यक कारवाहीको लागि प्रहरी वृत जनसेवा पठाइएको छ । व्यक्तिगत रिसिइबीको कारण हत्या भएको प्रारम्भिव बयानबाट खुलेको एसपी अंगुर जिसीले जानकारी दिए । गाली गलौज गरेको निहुँमा हत्या गरेर भागेको बयान दिएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij